सचिवालय बैठकमा ओलीले भारतलाई भनेः म पनि देखाइदिन्छु, पूर्वराजालाई थुन्ने चेतावनी

काठमाडौँ : सरकार परितर्वनको हल्ला चलेसँगै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भारतप्रति आक्रामक बन्दै गएका छन्।

भारतीय पक्षसँग सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आरजु राणा भारत भ्रमणमा रहेकै बेला प्रधानमन्त्री ओली भने पार्टी बैठकमा भने आक्रामक रुपमा प्रस्तुत भएको पाइएको हो।

khadya

गत चैत ४ गते पार्टी कार्यालय च्यासलमा भएको सचिवालय बैठकमा ओलीले आफूलाई पदबाट हटाउन भारतीय जासुसी संस्था लागिपरेको ब्रिफिङ गरेका हुन्। उक्त बैठकमा प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई गिरफ्तारसम्म गर्न सकिने बताएको स्रोतले उल्लेख गरेको छ।

एमाले स्रोतका अनुसार ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउन दमकदेखि काठमाडौँसम्म भारतीयहरु परिचालित भएको खुलासा बैठकमा गरेका थिए। उनले आफूलाई हटाउने भारतीय चलखेललाई पनि ‘देखाइदिने’ चेतावनी दिएका थिए।

स्रोतले भन्यो, ‘मलाई पदबाट हटाउन दमकदेखि काठमाडौँसम्म जासूसहरु लागेका छन्। म पनि देखाइदिन्छु। संसदमै सबै कुरा भन्छु।’

ओलीले केही दिनभित्र संसदमा समय लिएर समसायिक विषयमा सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री भएदेखि नै ओलीको भारतीय पक्षसँग सम्बन्ध सुधार हुन सकेको छैन। अरु प्रधानमन्त्रीलाई पदमा जानेबित्तिकै औपचारिक भ्रमणका लागि निम्तो दिने भारतले ओलीलाई नौ महिनासम्म पनि आमन्त्रण गरेको छैन। त्यसका लागि पटकपटक भएका प्रयास सफल हुृन सकेको छैन।

सचिवालय बैठकमा ओलीले फागुन २५ गते भएको राजतन्त्र पुनःस्थापना पक्षधरको आन्दोलनमा भारतीय सहयोग रहेको समेत दाबी गरेका थिए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको एउटा फोटो राप्रपाको आन्दोलनमा देखिएको थियो। त्यसलाई दलहरुले राजतन्त्र पुनःस्थापनाको पक्षधरको आन्दोलनमा विदेशी उक्साहटका रुपमा व्याख्या गरिरहेका छन्।

ओलीले चैत ७ गते संसदमा सांसदका प्रश्नको जवाफ दिँदै व्यंग्यात्मक रुपमा ‘आफूहरुको अवस्था विदेशीको फोटो बोक्नुपर्ने सम्मको नाजुक नभएको’ बताएका थिए।

सचिवालय बैठकमा ओलीले पूर्वराजा शाहको गतिविधिलाई निस्तेज पार्न गिरफ्तारीसम्म जानसकिने समेत बताएको स्रोतले बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि गणतन्त्रविरुद्ध लाग्ने पूर्वराजालाई गिरफ्तारी गर्नुपर्ने पक्षमा छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार