राजाको पछि लागेर राप्रपा पनि पछि पछुताउने : देउवा

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको बताएका छन्। आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक नभएको बताउँदै हुन पनि नसक्ने दावी गरे।

राजाको पछि लागेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि पछि पछुताउने बताए । सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छ नि भन्दै टिप्पणी समेत गरे। “पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन्। राप्रपाले पार्टी सभापति बनाए हुन्छ, “उनले भने, “राजनीति गर्ने भए पार्टी खोले भइहाल्यो। तर, यो पार्टीमा लाग्नेले धेरै दुःख पाउँछन्। पछि राप्रपा पनि पछुताउँछ। दुःख पनि पाउँछ।”

khadya

पछिल्लो समय राप्रपाले राजसंस्था,हिन्दुराष्ट्र र प्रदेश खारेजीको माग गर्दै प्रदर्शन गरिरहेको छ। त्यही प्रसंग जोडेर सभापति देउवाले ज्ञानेन्द्र संवैधानिक राजा बन्न पनि लायक नभएको बताएका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार