सुदूरपश्चिम प्रदेश सरकारसँग माग स्थानीय सेवा ऐन तत्काल जारी गर्न

धनगढी : स्थानीय सेवा ऐन तत्काल जारी गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग माग गरिएको छ।

गाउँपालिका महासङ्घले स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गरेको हो। महासङ्घले आइतवार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमलबहादुर शाहलाई चारबुँदे मागपत्र बुझाउँदै स्थानीय सेवा ऐन तत्काल जारी गर्न माग गरेको हो। महासङ्घका अध्यक्ष उत्तमबहादुर रोकायाले मुख्यमन्त्री शाहलाई मागपत्र बुझाउनु भएको थियो।

khadya

महासङ्घले समपूरक र विशेष अनुदान प्राथमिकताका साथ दिइनु पर्ने माग गरेको छ। यसैगरी, स्थानीय सरकारको क्षमता अभिवृद्धिको गतिविधि सञ्चालनका लागि पिएलजिएसपी कार्यक्रमसँग समन्वय गरी संयुक्त रूपमा कार्यक्रम गर्नमा सहजीकरण गर्नुपर्ने माग अगाडि सारिएको छ। यस्तै, महासङ्घ प्रदेश कार्यालय तथा कार्यक्रम सञ्चालनको स्रोत उपलब्ध गराउनुपर्ने प्रदेश सरकारसँग माग राखिएको छ।

मागपत्र बुझ्दै मुख्यमन्त्री शाहले स्थानीय सेवा ऐन प्रदेश सरकारले तुरुन्त जारी गर्ने प्रतिबद्धता जनाए। बाँकी माग पनि आवश्यक छलफल र समन्वय गरेर सम्बोधन गरिने मुख्यमन्त्रीको भनाइ थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार