अत्तरिया : कैलालीको गोदावरीमा निःशुल्क टायल मार्बल तालिम दिइने भएको छ । नगरपालिकाको वडा नम्बर ९ मा व्यावसायिक तथा सिप विकास तालिम केन्द्र धनगढीले वडा सँगको सहकार्यमा ३ महिने तालिम दिन लागेको हो ।
तालिममा दलित, जनजाति, महिला, उत्पीडित, जनआन्दोलनका घाइते तथा सहिदका परिवार, मुक्त कमैया, अपाङ्गता भएका र प्रवेशिका परीक्षा अनुत्तीर्ण युवा युवतिहरूलाई विशेष प्राथमिकता दिइने वडाध्यक्ष राम लाल रानाले बताए ।
तालिममा १६ वर्ष देखि ४५ वर्ष उमेर समूहकाले मात्रै सहभागी हुन पाउने उनले बताए । २० जनालाई दिइने उक्त तालिममा सहभागी हुन चैत्र १७ गते सम्म दरखास्त दिन आग्रह गरिएको छ ।

प्रतिक्रिया दनुहोस्