पुर्चौंडीमा स्वास्थ्य शिविर सञ्चालन गरिने

बैतडी : बैतडीको पुर्चौंडीमा वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । पुर्चौंडी नगरपालिकाको आयोजना र बैतडी समाज कैलालीको प्राविधिक सहयोगमा बिशेषज्ञ सेवासहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हो ।

वैशाख ५ देखि ७ गतेसम्म शिविर आयोजना हुने पुर्चौंडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए । नगरबासीहरुलाई बिशेषज्ञसहितको स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजनाको तयारी भएको प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए ।

khadya

बैतडी समाज कैलालीले हरेक बर्ष निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र वैशाखमा पुर्चौंडीमा शिविर सञ्चालनको तयारी भएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।

शिविर सञ्चालनका लागि पुर्चौंडी नगरपालिका र बैतडी समाज कैलालीबीच सम्झौता भएको छ । शिविरमा सबै प्रकारका रोगहरुको निदानका लागि बिशेषज्ञ चिकित्सकहरुले सेवा दिने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार