नेप्सेमा पहिरो, ५३ अंकले घट्यो

काठमाडौं : साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पहिरो गएको छ । आज नेप्सेमा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३६५ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से ५३.०४ अंकले घट्यो । 

शेयर बजार घट्दा नेप्से २६१६.२६ अंकमा आइपुगेको छ भने पुँजीकरणमा समेत १.९८ प्रतिशतले घटेको छ । आज नेप्सेमा भएको शेयर कारोबारमा २३० वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयर मूल्य बढ्यो ।

khadya

आज भएको शेयर कारोबारमा सबै उपसमूहका सूचकमा गिरावट आएको छ । तर, आज नेप्सेमा कुथेली बुखारी स्माल हाइड्रोपावरका शेयर कारोबारीले सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छन् ।

त्यस्तै, आज नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाका शेयर कारोबारीले सबैभन्दा बढी गुमाएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार