नवजीवन सहकारी संस्थाले उत्पादन गरेको चामल बजारमा

धनगढी । कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थाले उत्पादन गरेको चामल बजारमा आएको छ। धनगढीमा प्रधान कार्यालय रहेको सहकारीले गोदावरी नगरपालिका–८ मजगाउँमा कृषि उप आयोजना सञ्चालन गरेको छ। नवजीवन खाद्य उद्योग (राइस मिल) सञ्चालन गरी मसिनो र ग्रेडिङ चामल उत्पादन गरिरहेको हो।

सहकारीका अध्यक्ष देव बहादुर बमले शेयर सदस्यहरूलाई कृषिसँग जोड्नका लागि चामल उत्पादन सुरु गरिएको बताए। उनले राइस मिलमा हाल सम्म १६ हजार २८ क्विन्टल धान खरिद गरेर एक हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको बताए। सहकारीले ६ सय ५१ क्विन्टल २९ किलोग्राम चामल उत्पादन गरेको छ। उनले भने, ‘दैनिक चार सय क्विन्टल धान कुट्दै आएका छौ। बढीमा ५६ किलोग्रामसम्म चामल आएको छ।’

khadya

सहकारीले २५ किलोग्राम मोटो चामलको एक हजार चार सय र मसिनो चामलको २ हजार २ सय मूल्य निर्धारण गरेको छ। धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने सहकारीका अध्यक्ष बमले बताए। उत्पादित चामल नवजीवन सहकारी संस्थाका १० वटै सेवा केन्द्रहरूबाट बिक्री वितरण गरिने छ। सहकारीले घर–घरमा नै चामल पुगाउने सुविधा समेत दिने छ।

सहकारीले मझगाउँमा कृषि उपआयोजनाका लागि एक बिघा १० कट्ठा जग्गा खरिद गरेको छ। सोही स्थानमा पाँच हजार टन क्षमताको गोदाम घर निर्माण गरिएको छ। बमले भने, ‘नवजीवन उद्योगीक ग्रामका रूपमा विकास गर्ने छौ। यो क्षेत्रमा मसुरोको दाल, तोरीको तेल र पानी उत्पादन गर्ने तयारीमा छौ। चामलको उत्पादन र धान खरिद पनि बढाउनेछौ।’

नवजीवन सहकारी संस्थाका ३६ हजार शेयर सदस्यसहित आम जनताले शुद्ध र अग्र्यानीक चामल खान पाउन भन्ने उद्देश्यले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको बमले बताएका छन्। उनले सोही स्थानमा गहुँको पिठो, तेल र पानी उत्पादन गर्ने योजनासमेत रहेको बताए।

प्राध्यापक डाक्टर हेमराज पन्तले सहरीले मिसावट बिनाको चामल बिक्री थालिएको बताए। शेयर सदस्यहरूको हितका लागि चामल बिक्री गर्ने उनले बताए। उनले भने, ‘सुरुवात मात्र हो। पिठो, दालको योजनाहरू पनि छन्। यो पहिलो काम हो। कृषिमा टेवा पुग्छ।’

२०५० साल मङ्सिर ३० गते स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ। सहकारीमा ३१ करोड ३४ लाख शेयर पुँजी रहेको छ। पाँच अर्ब ७३ लाख ६४ हजार निक्षेप सङ्कलन गरी चार अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ। सहकारीले कृषि उप आयोजना अन्तर्गत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको हो। ६ अर्ब ४७ करोड ९० लाख बढीको कुल सम्पती रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार