राजमार्गमा पैसा उठाएको भन्दै यातायात व्यवसायीहरुले गरे लफडा

धनगढी : कैलालीको राजमार्गमा ठाउँ–ठाउँमा पैसा उठाएको भन्दै यातायात व्यवसायीहरुले लफडा गरेका छन्।

जिल्लाको पूर्व–पश्चिम राजमार्गको अत्तरिया, स्याउले, लम्की, चिपासानी, टीकापुर लगायतका क्षेत्रहरूमा एक सय र ५० रुपैयाँका दरले रकम उठाएको भन्दै यातायात व्यवसायीहरुले लफडा गरेका हुन। कैलालीको सदरमुकामा धनगढीबाट टीकापुर र नेपालगञ्जसम्म सञ्चालन हुँदै आएका हायसहरुबाट बाटो–बाटोमा रकम सङ्कलन गर्ने गरिएको छ। उनीहरुले संयुक्त यातायात व्यवसायीको नाममा राजमार्गहरुमा लुट मच्चाएको आरोप लगाएका हुन्। यातायात व्यवसायीहरुले शनिवार सेवन बन्द गरेका छन्।

khadya

धनगढीबाट हायसका चालक तथा सञ्चालकहरू यात्रु नबोकेर लम्कीसम्म पुगेका हुन। उनीहरुले संयुक्त यातायात व्यवसायीको नाममा लुट मच्चाएको भन्दै ठाउँ–ठाउँमा लफ डा गरेका छन्। गोदावरी यातायात प्रालि, पश्चिम स्टार यातायात प्रालि, सुन्दर कर्णाली, सुन्दर सुदूरपश्चिम, सुनौलो सुदूरपश्चिम, मालिका, खप्तड मालिका, खप्तड, धनगढी यातायात, कैलाली यातायात प्रालिका व्यवसायीहरुले सयुक्त रुपमा ध्यानाकर्षणसहितको आन्दोलन गरेका हुन। यातायात व्यवसायी महेश राज भट्टले संयुक्त यातायात समितिको विषयमा जानकारी नभएको बताए। संयुक्त यातायात समितिले लुट मच्चाएको आरोप उनको छ।

धनगढीबाट नेपालगञ्जका लागि छुटेका गाडीहरु नेपालगञ्जनै जानु पर्ने उनीहरुको माग छ। धनगढीबाट टीकापुरका लागि छुटेका गाडीहरु टीकापुरसम्म नै जानुपर्ने उनीहरुको माग रहेको छ। यात्रुको सङ्ख्या कम भएपछि सवारीहरु बिचबाटोबाट फर्किने गरेको भन्दै उनीहरुले बिरोध गरेका हुन्। यातायात व्यवसायी दिपेश पौड्यालले यात्रुहरुले पटक–पटक दुःख पाउदै आएका बताए। उनले बिचबाटोबाट सवारी फर्किने भएकाले बिरामीहरुले बढी समस्या झेल्दै आएको बताएका छन्।

सुन्दर सुदुरपश्चिम यातायात प्रालिको लम्की–चिसापानी शाखाका इन्चार्ज कमल श्रेष्ठसँग उनीहरुले छलफल गरेका छन्। श्रेष्ठले व्यवस्थित गर्ने तर्फ लाग्ने बताएका छन्। कैलालीमा केही दिन अगाडि संयुक्त यातायात व्यवस्थापन समिति गठन भएको हो। संयुक्त यातायात व्यवस्थापन समितिका संयोजक पदमबहादुर सापकोटाले निजी नम्बरका विद्युतीय सवारीहरुले यात्रु बोक्दै आएकाले रोकेको बताएका छन्। उनले निजी सवारीहरुले ट्राफिक प्रहरीमा जरिबाना बुझाएर सवारी बोक्दै आएका बताएका हुन। कैलालीमा ३५ बढी निजी विद्युतीय गाडीहरुले सवारीहरु बोक्दै आएका उनले बताए। कैलालीमा दर्ता नभएका विद्युतीय सवारीहरु छन्। उनले भने, ‘उनीहरु रातो नम्बर प्लेटका हुन। मनोमानी सञ्चालनमा छन्। हामीले व्यवस्थापन गर्न खोजेका हौ। रातो नम्बर भएका सवारीहरुले अवैध रुपमा कालो नम्बर पनि राखेका छन्। हामीले चेकजाँच थालेपछि विरोध भएको हो।’

दैनिक ८/१० हजार आम्दानी गर्ने गाडीहरुले १५ सय–२ हजार रुपैयाँ जरिबाना तिरेर दैनिक सञ्चालनमा रहेका दाबी सापकोटाको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार