दुई जना चालकबीच कुटाकुट, एक जना घाइते

धनगढी : कैलालीमा दुई जना चालकबीच कुटाकुट भएको छ।

गएराति टीकापुर नगरपालिका–१ मुक्त कमैया शिविरमा सोही ठाउँको विपद्पुुर बस्ने सुदूरपश्चिम प्रदेश ०१००१ प ७१९५ नम्बरको मोटरसाइकल चालक प्रेमलाल चौधरी र भे १ स ९२६६ नम्बरको अटो चालक जगत चौधरीबीच कुटाकुट भएको हो।

Seti Hospital

इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नबिन बुढाथोकीका अनुसार मोटरसाइकल चालक प्रेमलाल चौधरीले अटो चालक जगत चौधरीलाइ बाटो नछोडेकोे निहुँमा आफैँ अटोलाइ धक्याइ हटाउँदा दुबै चालकबिच वादविवाद भएको थियो। सोही क्रममा उनीहरुबीच कुटाकुट भएको डिएसपी बुढाथोकीले बताए।

कुटाकुटपछि मोटरसाइकल चालक प्रेमलाल चौधरी घाइते भएका छन्। उनलाई टीकापुरमा समान्य उपचारपछि कोहलपुर रेफर गरिएको छ। चालक र अटोलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार