दलित परिवारको घरमा डोजर चलाएको भन्दै यादव पक्राउ

सिरहा :  महायज्ञ गर्ने भन्दै दलित परिवारको घरमा डोजर चलाएको घटनामा सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि पीडितलाई धाकधम्की आउन थालेको छ । अध्यक्ष यादवका छोरा रुकेशले शुक्रबार राति घरमै पुगेर पीडितलाई धम्क्याएका हुन् ।

यादव पक्राउ परेपछि रुकेश एक समूह लिएर शुक्रबार राति साढे ८ बजेतिर पीडित दीपक मल्लिकको घर पुगेर पीडित परिवारलाई आफूसँगै सिरहा हिँड्न र प्रहरीमा गएर केही भएको होइन भन्ने बयान दिन धम्क्याएका थिए ।

khadya

तर, रुकेशको प्रस्ताव अस्वीकार गरेको दीपक मल्लिकको परिवारले आफूलाई असुरक्षित ठानेर राति आफन्तकहाँ शरण लिएको छ । पीडित दीपकले आफूले राति नै घर छाडेर आफन्तकहाँ बसेको र बालबच्चा भने प्रहरीको सुरक्षाबीच घरमै सुतेको जानकारी दिनुभएको छ । यसैबीच पीडित परिवारलाई सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताउनुभएको छ । विकसित घटनाक्रमलाई मध्यनजर गर्दै पीडितलाई सुरक्षा दिइरहेको उहाँको भनाइ छ ।

यसअघि प्रहरीले औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई पक्राउ गरेको थियो । अर्का आरोपी बजरङ्गी बाबा भने अझै फरार रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार