सिंगापुरविरूद्ध नेपालको ऐतिहासिक जित, प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिंगापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्वीर राख्दै सिंगापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गरेका हुन् । ‘बधाई नेपाली !! नेपालले सिंगापुरविरुद्ध ऐतिहासिक जित हात पारेको छ । सिंगापुरसँग पहिलो खेल भएको ४३ वर्षमा नेपालको पहिलो पटक जितका लागि सबैलाई बधाई !!’, प्रधानमन्त्री ओलीले लेखेका छन् ।

khadya

शुक्रबार साँझ सिंगापुरको राष्ट्रिय रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिंगापुरलाई १–० गोलले पराजति गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार