धनगढीमा अन्तर बैंक ब्याटमिन्टन प्रतियोगिता हुने

धनगढी : धनगढीमा सुदूरपश्चिम स्तरीय फुटसल तथा ब्याडमिन्टन प्रतियोगिता सञ्चालनहुने भएका छन्।

नेपालवित्तीय संस्था कर्मचारी संघ राष्टिय बाणिज्य बैंक सुदूरपश्चिम समितिको आयोजनामायही चैत्र १६ र २३ गते प्रतियोगिता हुन लागेको हो। समितिले दुवै विधाका प्रतियोगिताका लागि टीम दर्ता खुला गरेको जनाएको छ। दुवै विधाका प्रतियोगितामा सहभागिताका लागि चैत १२ गतेसम्म टिम दर्ता खुला गरिएको ब्याडमिन्टन प्रतियोगिताका संयोजक विरेन्द्रराज जोशीले बताए।

khadya

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्टिय वाणिज्य बैंक सुदूरपश्चिम समितिका उपाध्यक्ष समेत रहेका जोशीले वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु बीच मनोरञ्जनसँगै कार्यस्थलमा हुने तनावकम गरी कार्यमा पुनर्ताजगी ल्याउन समितिले प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताए।

नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्टिय वाणिज्य बैंकको ३५औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता गर्न लागिएको नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंक सुदूरपश्चिम समितिका अध्यक्ष दिपेन्द्रबहादुर भण्डारीले बताए। वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरु बीचपारस्पारिक सम्बन्ध स्थापितगर्ने र सद्भावविकास गर्ने उद्देश्यले वार्षिकोत्सवको अवसर पारी प्रतियोगिता आयोजना  गरिएको उनको बताए।

‘प्रतियोगिताले कर्मचारीलाई मनोरञ्जन प्रदानगर्नुका साथै आपसीसमन्वय र सहकार्यको भावनाविकास गराउँदछ’ उनले भने ‘त्योसंगै वित्तीय क्षेत्रमा आइपर्ने जोखिम समाधान तथा सहजीकरणमा सहजता आउछ।’ प्रतियोगितामा निजि क्षेत्रसमेत जोडिने भएकाले यसले वित्तीय क्षेत्रसँग निजि क्षेत्रको सुमधुर व्यवसायीक सम्बन्ध स्थापितगर्न सहयोग पुग्ने अपेक्षागरिएको भण्डारीले बताए।

प्रतियोगिमा दुवै विधा गरी करिब ३० टीमको सहभागीता रहने आयोजकले जनाएको छ। फुटसल प्रतियोगिताको उपाधि विजेता टीमले २१ हजार रुपैयाँ र द्धितीय हुने टीमले १५ हजार रुपैयाँ नगद पुरस्कारसहित टफि, मेडल, प्रमाणपत्र प्राप्तगर्ने प्रतियोगिताका संयोजक रोशन पालले जानकारी दिए। उनले टीम दर्ता खुला गरिनुका साथै प्रतियोगिताको तयारी तीव्र रुपमा अगाडि बढेको बताए।

सबै बैंक तथावित्तीय संस्थालाई प्रतियोगितामा सहभागिता जनाउन संयोजक पालले आग्रह गरे। त्यस्तै ब्याडमिन्टन प्रतियोगिताको विजेता टीमले नगद १० हजार रुपैयाँ,उपविजेताले ६ हजार तथा तृतीय स्थान हासिल गर्ने दुई टीमले दुई हजार पाँच रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गर्ने छन्। ब्याडमिन्टन कैलालीजिल्ला खेलकुद समितिको हल र फुटसल प्रतियोगिता डल्लु फुटसलमा सञ्चालनहुने जनाइएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार