धनगढी : कैलालीको अत्तरियामा विद्युत् प्राधिकरणका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार भएको घटनामा थप २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी उप महानगरपालिका–१ का १९ वर्षीय सम्राट सिंह र गोदावरी नगरपालिका–१ विजयनगरका २५ वर्षीय अर्जुन भट्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
घटनामा प्रत्यक्ष संलग्न रहेको आरोपमा प्रहरीले सिंहलाई फागुन २७ गते र घटना घटाउन सहयोग गरेको आरोपमा भट्टलाई चैत्र ७ गते पक्राउ गरेको हो। सोहि घटनामा फागुन २६ गते गोदावरी–५ गेटाबाट मार्टेन भनिने चिसापानीका २० वर्षीय प्रविन शाहीलाई पक्राउ परेका थिए। विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र अन्तरगतको अत्तरिया नो लाइटमा कार्यरत सुन्दरलाल चौधरीमाथि गत फागुन २२ गते कार्यालय परिसरमा दिनदहाडै खुकुरी प्रहार भएको थियो।
प्रतिक्रिया दनुहोस्