काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिकाको केउरानी सामुदायिक वनमा भीषण आगलागी भएको छ ।
आगलागीबाट ठुलो क्षति भइसकेको छ । सामुदायिक वनमा लागेको आगलागी ६ घण्टा भइसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन ।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तर, अझै पनि पूर्ण रुपमा आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
जंगलको विभिन्न ठाउँमा आगलागी भएकाले नियन्त्रणमा लिन कठिन भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्