बैतडीको दोगडाकेदारमा शीतभण्डार सञ्चालनमा

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा ५० टन क्षमताको शीतभण्डार (कोल्ड स्टोर) सञ्चालनमा आएको छ।

प्रारम्भमा किसानबाट १० टन आलु खरिद गरी भण्डारण गरिएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष भट्टले बताए। बिक्री गर्न बाँकी रहेको आलु किसानबाट खरिद गरी भण्डारण गरिएको हो। गाउँपालिकाले बजार मूल्यभन्दा बढीमा किसानबाट आलु खरिद गरेको छ।

khadya

किसानबाट गाउँपालिकाले प्रतिकिलो ५५ मा आलु खरिद गरेको प्रमुख भट्टले बताए। आर्थिक वर्ष २०८०/८१ मा सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा एक करोडको लागतमा शीतभण्डार निर्माण गरिएको हो। यसअघि गाउँपालिकाले किसानलाई अनुदानमा आलुको बीउ वितरण गरेको थियो।
किसानले उत्पादन गरेका तरकारी, फलफूल तथा अन्य कृषि उपज शीतभण्डारमा भण्डारण गरिने प्रमुख भट्टले बताए। किसानले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा शीतभण्डार निर्माण गरिएको हो। दोगडाकेदार आलु र सुन्तलाको पकेट क्षेत्र हो।

यसअघि शीतभण्डार अभावमा किसानले आफ्नो उत्पादन सस्तोमा बिक्री गर्दैआएका थिए।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार