बाजुरामा ट्याक्टर दुर्घटना भइ कर्णाली नदीमा खस्यो

बाजुरा : बाजुरामा ट्याक्टर दुर्घटना भइ कर्णाली नदीमा खसेको छ।

जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली करिडोरको बुढीनन्दा नगरपालिका–१ पादुका मन्दिर नजिकै बिहीवार राति ट्याक्टर दुर्घटना भएको छ। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी आउँदै गरेको से १ त ३४४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट कणाली नदीमा  खसेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिएका छन्।

उनका अनुसार जगन्नाथ गाउँपालिका–२ हुनी बस्ने ४२ वर्षीय उत्तम विष्टले चलाएको ट्याक्टर दुर्घटना भएर कर्णाली नदीमा खसेको बताए। ट्याक्टर चालक विष्टको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त ट्याक्टर सडकबाट करिब चार सय मिटर तल कर्णाली नदीको किनारमा खसेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार