अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेले आफूले अहिले बोल्यो भने दुई तिहाई बहुमतको सरकारलाई अप्ठ्यारो पर्ने टिप्पणी गरेका छन् ।

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुगेका लामिछानेले बाहिरिने क्रममा आफूले बोल्ने समय आएको बताउँदै यस्तो टिप्पणी गरेका हुन् ।

khadya

उनले अहिलेको सरकार नांगिएको हुनाले सरकारकै लाज छोप्नका लागि आफू अदालतहरूमा हिँडेको पनि बताए । यसअघि बुटवलमापनि लामिछानेले आफ्नो बोल्ने समय नजिक आएको बताएका थिए । उनले आज पनि त्यही कुरा दोहोर्याए । उनले भने,‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु । गेट रेडि फर द रेभुलेसन ।’

उनले आफूले बोलेको दिन धेरैको बोली बन्द हुने उद्घोष गरे । उनले भने,‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ । अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला, म बोल्यो भनेर गाह्रो भएको होला । जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ । म आवेग, उत्तेजनामा छैन । मुलुक एउटा गम्भीर अवस्थामा आएको छ, एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले, नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको दलको हिसाबले म कुनै आवेग वा उत्तेजनामा आएर अभिव्यक्ति दिने पक्षमा छैन ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार