सवारीमा प्रेस लेखेर हिड्नेलाई चेकजाँचमा कडाइ गर्ने पत्रकार महासंघ कैलालीको आग्रह

धनगढी : कैलाली ट्राफिक प्रहरीले सवारी साधनमा प्रेस लेखेर हिड्नेलाई चेकजाँचमा कडाइ गर्ने भएको छ । सवारी साधनमा प्रेस लेखेर दुरुपयोग बढेपछि कैलाली पत्रकार महासंघले ट्राफिक प्रहरीलाई कडाई गर्न आग्रह गरेको थियो ।

जिल्ला ट्राफिक कार्यालय कैलालीले जिल्लामा सवारी दुर्घटना न्यूनिककरण कसरी गर्न सकिन्छ भनेर पत्रकारहरुसंग गरेको छलफल कार्यक्रममा त्यस्तो आग्रह गरिएको हो । जिल्ला ट्राफिक कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक चक्रबहादुर देउवाले नेपाल पत्रकार महासंघ कैलालीको आग्रहलाई कडाईका साथ पालन गर्ने बताए ।

प्रहरी निरीक्षक देउवाले प्रेस लेखेका सवारी साधन चलाउने व्यक्तिको कागजपत्र तथा प्रेस कार्ड अनिवार्य हुनुपर्ने छ । नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सवारी साधनमा प्रेस नलेख्न अनुरोध गरेका छन् । ‘सकेसम्म सवारी साधनमा प्रेस नलेख्नुहोस्’ अध्यक्ष देउवाले भन्नुभयो, ‘यदि लेख्नुहुन्छ भने आफू कार्यरत मिडियाको नाम अनिवार्य लेख्ने र प्रेस कार्ड अनिवार्य बोकेकै हुनु पर्ने बताए ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार