रवि लामिछाने भने : देशको भविष्य युवाको हातमा आउँदैछ, क्रान्तिका लागि तयार रहनुहास्

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई क्रान्तिका लागि तयार अवस्थामा रहन आग्रह गरेका छन् ।

शुक्रबार स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत पाटनमा पुनरावेदन गरेर बाहिरिँदै उनले यस्तो बताएका हुन् ।

Seti Hospital

उनले भने, ‘समय चाँडै नै आउँदैछ । म सबैलाई तयार रहनका लागि भन्न चाहान्छु, गेट रेडी फर द रेभोलुशन ।’

उनले आफू सरकारको लाज छोप्न अदालत धाइरहेको बताए । उनले यो सरकारको लाज छोप्नु पर्ने र अझै ठाउँठाउँमा पुग्नुपर्ने बताए ।

लामिछानेले यो देशको भविष्य युवाहरुको हातमा आउँदै गरेको बताए । साथै उनले यो गम्भिर हुने समय रहेको समेत बताए ।

सभापति लामिछानेले शुक्रबार आफ्ना कानुन व्यवसायीसहित अदालत पुगेर जिल्ला अदालत काठमाडौँको धरौटीमा छाड्ने आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका हुन् । उनले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गरी साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार