कोइरालाको सम्झना बैतडीमा

बैतडी : पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दिवंगत भएको १५औँ वर्षको अवसरमा बिहीवार विविध कार्यक्रम गरी स्मरण गरिएको छ। 

नेपाली कांग्रेस बैतडीको पार्टी कार्यालय गोठलापानीमा एक कार्यक्रम आयोजना गरी स्मरण गरिएको नेपाली कांग्रेस बैतडीका क्षेत्रीय सभापति शिवराज भट्टले जानकारी दिए। स्वर्गीय कोइरालाको तस्बिरमा माल्यार्पण, श्रद्धाञ्जली अर्पण र उनको योगदानबारे अन्तरक्रिया गरी सम्झना गरिएको हो। उक्त कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द, पूर्वपार्टी सभापति नरेन्द्रसिंह थापा, जिल्ला कोषाध्यक्ष चक्र चन्दलगायत नेपाली कांग्रेसका अन्य नेता, जनप्रतिनिधि, भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।  नेपालमा शान्ति स्थापनाका लागि योगदान पु¥याएका कोइराला चार पटक प्रधानमन्त्री बनेका थिए। विसं २०६६ चैत ७ गते उनको निधन भएको थियो।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार