कैलालीको गेटामा मोटरसाइकलको ठक्करबाट घाइते बृद्धको मृत्यु

धनगढी : कैलालीको गेटामा मोटरसाइकलको ठक्करबाट घाइते भएका बृद्धको मृत्यु भएको छ।

८ फागुनमा गोदावरीको गेटास्थित आरबी फ्लोर मिल नजिकै से ७ प ५५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घाइते भएका ७४ वर्षीय बल्के लुहारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले २३ फागुनमा अस्पतालबाट उपचार गरेर डिस्चार्ज भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने लुहारको बिहीबार घरमै मृत्यु भएको बताए।

Seti Hospital

उनकाअनुसार लुहारको मृत्युअघि नियन्त्रणमा लिइएका चालक शुक्लाफाँटा–१२ बस्ने २८ वर्षीय मानबहादुर राना उनी डिस्चार्ज भएपछिख छुुटेका थिए तर मृत्यु भएपछि भने प्रहरीको सम्र्पकमा रहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार