कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक क्षमता ६ करोड ५० लाख पुर्‍यायो

काठमाडौं : कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलले नयाँ कन्कोर्स डी र ई खोलेको जनाएको छ ।

जसले यसको वार्षिक यात्रु क्षमता ६ करोड ५० लाख भन्दा बढी पुर्‍याउनेछ । विश्वव्यापी उड्डयन केन्द्र बन्ने प्रयासलाई बलियो बनाउने बताएको छ । समय सीमा अगाडि नै सम्पन्न भएको यस विस्तारपछि १७ नयाँ विमानहरुरू थपिनेछन् । अब गर्दा कुल संख्या ६२ पुगेको छ । टर्मिनलले अब ८ लाख ४२ हजार वर्ग मिटर क्षेत्रफल ओगटेको छ । जुन १४ प्रतिशतको वृद्धि हो

Seti Hospital

नयाँ कन्कोर्सहरूमा यात्रु प्रवाहलाई गति दिन र २ हजार ७ सय वर्ग मिटर नयाँ खुद्रा र भोजन ठाउँ परिचय गराउन स्मार्ट सेल्फ–बोर्डिङ प्रणालीहरू छन् । विस्तार २०१८ मा शुरु भएको फराकिलो विकास योजनाको एक हिस्सा हो ।

यसमा २०२२ मा अनावरण गरिएको ६ हजार वर्ग मिटर इनडोर ट्रपिकल गार्डेन, अर्चर्ड समावेश छ । हमाद अन्तर्राष्ट्रिय विमानस्थललाई २०२४ मा स्काईट्र्याक्सले विश्वको सर्वश्रेष्ठ विमानस्थल नाम दिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार