अधिकारलाई सङ्कुचित बनाउन नहुनेः मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समृद्धि र विकासका सन्दर्भमा अधिकारलाई सङ्कुचित बनाउन नहुने बताएका छन्। 

राष्ट्रिय योजना आयोगको आयोजना तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको सहकार्यमा बिहीवार धनगढीमा आयोजित ‘१६औँ योजनाको कार्यान्वयन, समपूरक तथा विशेष अनुदान र बहुक्षेत्रीय पोषण योजना’ विषयक प्रदेश र स्थानीय तह लक्षित अन्तरक्रिया कार्यक्रममा उनले समृद्धि र विकासका लागि अधिकारलाई खुला गरिनुपर्ने बताए।

Seti Hospital

उनले भने, ‘प्रक्रियागत रुपमा सङ्घले आफ्नो अधिकार प्रयोग गर्ने ठाउँमा प्रयोग गरोस, स्थानीयले आफ्नो अधिकार प्रयोग गर्ने ठाउँमा अधिकार प्रयोग गरोस् तर हामीले अलिकति खुला हृदय बनाउनुपर्दछ।’ सबैको सहभागिता हुने वातावरण निर्माण नगरी अगाडि बढ्न नसकिने उनले बताए। मुख्यमन्त्री शाहले स्थानीय सरकार र प्रदेश सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने गरी सङ्घ–प्रदेश, प्रदेश–स्थानीय र सङ्घ–स्थानीय बीचको सहकारिता, सहभागिता र सहअस्तित्वलाई आत्मसात गरी शासकीय प्रक्रियामा जानुपर्ने उल्लेख गरे।            

अन्तरक्रियामा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरु, राज्यमन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, राष्ट्रिय योजना आयोगका सदस्य, सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरु, प्रदेशका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सञ्चारकर्मीलगायत सहभागी थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार