धनगढी । गुडविल फाइनान्स लिमिटेडले धनगढीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ‘ग्लोबल मनि विक’ अन्तर्गत धनगढीको ग्यालेक्सी माध्यामिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा विद्यालयमा कक्षा ९ मा अध्ययनतर विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कक्षा ९ मा अध्ययनरत सेक्सन ए र बि का ६५ जना विद्यार्थीहरुलाई विद्यालयकै हलमा, विद्यालयकै प्रोजेक्टर प्रयोग गरेर वित्तीय साक्षरता प्रदान गरिएको कम्पनीको धनगढी शाखाका शाखा प्रमुख अमर बहादुर बोगटीले जानकारी दिएका छन् ।
बोगटीका अनुसार विद्यार्थीहरुलाई वित्तीय साक्षरताको अति नै आवश्यक पर्ने भएकाले ‘ग्लोबल मनि विक’ अन्तर्गत विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
प्रतिक्रिया दनुहोस्