कञ्चनपुर । सिटिजन्स बैंकले कञ्चनपुरको एक विद्यालयलाई प्रोजेक्टर सहयोग गरेको छ । बैंकको महेन्द्रनगर शाखाले कञ्चनपुरको भीमदत्त नगरपालिका-१० स्थित महेश्व माध्यामिक विद्यालयमा प्रोजेक्टर सहयोग गरेको हो ।
विद्यालयमा अध्यनरत विद्यार्थीको पढाईमा सहज होस् भन्ने उद्धेश्यले प्रोजेक्टर सहयोग गरिएको बैंकको महेन्द्रनगर शाखाका शाखा प्रबन्धक शंकर प्रसाद जोशीले बताएका छन् ।
शाखा प्रबन्धक जोशीका अनुसार उक्त प्रोजेक्टर बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयलाई सहयोग गरेको हो । उक्त विद्यालयमा न्यून पारिवारिक आय भएका विद्यार्थी अध्ययन गररहेकाले पनि आवश्यकताका आधारमा उक्त विद्यालयमा प्रोजेक्टर सहयोग गरिएको जोशीले बताएका छन् ।
प्रोजेक्टर शाखा प्रबन्धक जोशीले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
‘बैक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९८ वटा शाखा, १६३ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७५ वटा शाखा रहित बैंकिग ईकाईहरुबाट १८ लाख ५० हजार भन्दा बढि ग्राहकलाई बैंकिग सेवा दिँदै आएको छ ।
प्रतिक्रिया दनुहोस्