प्रेमिकाले बलात्कार मुद्दा हालेपछि थुनिएका अछामका साउद पाटन अस्पतालबाट फरार

काठमाडौं : जिल्ला प्रहरी परिसर ललितपुरका एकजना थुनुवा फरार भएका छन्। प्रेमिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरेर सातदोबाटोको हिरासतमा राखिएका अछाम घर भएका दीपक साउद फरार भएका हुन्।

उनी बुधबार पाटन अस्पतालबाट फरार भएको ललितपुरका प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।उनका अनुसार उनलाई उपचारका लागि अस्पताल लगिएकोमा शौचालय जानका लागि हतकडी खोल्दा झ्यालबाट हाम फालेर फरार भएका हुन्।

Seti Hospital

साउदविरुद्ध उनीसँगै लिभिङ टुगेदरमा बसेकी प्रेमिकाले नै बलात्कारको आरोपमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेका थिए।

ती प्रेमिकाबाट बच्चा पनि जन्मिसकेको प्रहरीले जनाएको छ। तर पछिल्लो समय आफूलाई बेवास्ता गरेर अर्कै युवतीसँग समय बिताउन थालेको भन्दै उनले बलात्कारको आरोपमा जाहेरी दिएको प्रहरीको भनाइ छ। फरार साउदको खोजी भइरहेको एसएसपी अधिकारीले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार