बडीमालिका केबुलकार निर्माणमा त्रिवेणी नगरपालिकाको आपत्ति

धनगढी : सुदूरपश्चिमकै आकर्षक गन्तव्य बडीमालिकामा बन्ने १२ किलोमिटर लामो केबुलकार बारे त्रिवेणी नगरपालिका असन्तुष्ट देखिएको छ। देशकै प्रसिद्ध शक्तिपीठका रूपमा पुजिने बडीमालिका देवीको पवित्र स्थल पृथ्वीको भू-स्वर्गका रूपमा परिचित छ। त्रिवेणी नगरपालिका- ९ मा अवस्थित नगरपालिकाको पूर्ण स्वामित्वमा रहेको बडीमालिकाको धार्मिक महत्वको सँगै प्राकृतिक, आर्थिक सबैमा उत्तिकै महत्त्व रहेको त्रिवेणी नगरपालिकाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

बडीमालिका केबुलकार निर्माण गर्न प्रस्तुत योजनाका लागि केवलका निर्माण व्यवसायी अरुण कुमार सुवेदीको नामै किटान गरी बडीमालिका प्रा.लि. समेत दर्ता गरिसकेको बारे जानकारी पाउँदा नगरपालिकाले आपत्ति जनाएको छ।

khadya

नेपालको संविधान २०७२ को अनुसूची ८ को स्थानीय तहको एकल अधिकार सूची अन्तर्गत २१ र २२ अनुसुचि अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची ६ ,७, १२ र १४ का क्षेत्रहरू बडीमालिकाको समग्र विकास योजना लगानी संरक्षण अधिकारका विषयहरु भएकाले नेपालको संविधान २०७२ को धारा २०७६ अन्तर्गत रही नगरसभाले यस क्षेत्रको लगानी र विकासका लागि ठोस कानुन बनाउन सक्ने समेत संवैधानिक अधिकार नगरपालिकाकै भएको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाको हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले सरकार र विकास साझेदारहरूसँग निरन्तर छलफल बहसमा नै केन्द्रित भइरहेको अवस्थामा निर्माण गर्न प्रा.लिनै दर्ता गरिएको र लगानी समेतको योजना देखाइएको स्थानीय सरकारसँगको कुनै सम्पर्क सल्लाह र सहमति बिना कानुनी आधार र प्रमाण प्रस्तुत नगरी गरिन लागेको हुँदा आफुहरुको आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विकासका कार्यमा कुनै विमति हैन तर स्थानीय सरकारसँग स्वामित्व रहेको सम्पति माथि आखाँ गाडेर कुनै समन्वय, सहकार्य नगरी अगाडी वढी सञ्चार माध्यममा पनि प्रचार प्रसार गर्दा नगर पालिकाको आपत्ति रहेको त्रिवेणी नगरपालिकाका नगर  प्रमुख कर्ण बहादुर थापाले बताए।

यस्तै बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले पनि आफूहरू विकास बाधक नभएको तर निर्माण कम्पनीले गुरु योजना बनाएर अगाडि बढ्नुपर्ने देखिन्छ। स्थानीयहरूसँग छलफल गरेर अगाडि बढ्नु पर्ने हुन्छ। बडीमालिका कुनै एक नगरपालिकाको सम्पति मात्रै नभएर सुदूरपश्चिम प्रदेशकै धार्मीक, सास्कृतिक, प्राकृतिक, पर्यटकीय क्षेत्र भएकाले गम्भीर हुनुपर्ने अवस्था रहेको नगर प्रमुख खड्काले बताए।

यस्तो छ विज्ञप्ति:-

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार