पश्चिम नेपालमा स्थायी आवास निर्माण कार्य तीव्र पारेका छौँ : गृहमन्त्री लेखक

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पश्चिम नेपाल भूकम्पबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तीव्र गति अघि बढेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

khadya

उनले डोटी, बझाङ र जाजरकोटमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले भएको क्षतिको डिडिए भइसकेको स्थायी आवास निर्माण कार्य अघि बढिसकेको र हुन बाँकी रहेकाहरूको डिडिएको काम अघि बढाइएको बताए ।

जाजरकोटमा पुनः स्थापन, पुनः निर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको बताए । केन्द्र सरकारबाट अनुदान जाने काम प्रारम्भ भएको पनि बताए । गत आश्विन महिनाको अविरल वर्षाका कारणले बागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको र त्यसका लागि तत्काल डिडिएको काम अघि बढाउने र डिडिएकासँगै निजी अवासहरु स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी र अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी बनाउने गरेर अघि बढ्ने निर्णय भएको जानकारी दिए ।

गृहमन्त्री लेखकले भने ‘खास गरेर डोटीमा,बझाङमा जाजरकोटमा केन्द्रबिन्दु बनाएर जुन भूकम्प गएको थियो । त्यसका बारेमा डिडिए हुन नसकेका ठाउँमा डिडिए गर्ने, डिडिए गर्नुका साथै डिडिए भएका ठाउँमा निजी अस्थायी आवासहरू निर्माणको कार्य अघि बढाउने निर्णय गरेका थियौँ । पश्चिम नेपाल भूकम्पका बारेमा काम गर्नका लागि तीन वटा कार्यालय पनि म आफैँ गएर उद्घाटन गरेर आएको थिएँ । त्यसका बारेमा आजको बैठकमा जानकारी लिने काम भयो । पश्चिम नेपाल भूकम्पबाट उत्पन्न पीडा, पीडितहरूको डिडिए गर्न बाँकी रहेको जति काम पनि द्रुत गतिमा अघि बढेको छ । जुन ठाउँमा डिडिए भइसकेको छ, त्यो ठाउँमा स्थायी आवास निर्माणको काम पनि अघि बढेको छ । जाजरकोटमै पनि पुनः स्थापन, पुनः निर्माणको काम अगाडि बढाउने गरेर काम सुरु भइसकेको छ । यहाँबाट अनुदान जाने काम प्रारम्भ भएको छ । डेढ, दुई वर्षदेखि रोकिएको काम अघि बढेको छ । त्यसका बारेमा समीक्षा गरियो । गत आश्विन महिनाको अविरल वर्षाका कारणले खास गरी बागमती, कोशी प्रदेश लगायतका अन्य ठाउँमा बाढी, पहिरो र डुबानले क्षति भएको थियो, त्यसका लागि तत्काल डिडिएको काम अघि बढाउने र डिडिएकासँगै निजी अवासहरु स्थायी बनाउनुपर्ने ठाउँमा स्थायी र अस्थायी बनाउनुपर्ने ठाउँमा अस्थायी बनाउने गरेर अघि बढ्ने निर्णय भएको छ । हप्ता दिनभित्र काम अघि बढाउँछौँ । निजी आवास सरकारले नै अनुदान दिएर बनाउने हो । निजी अस्थायी र स्थायी पनि बनाउने हो । चाँडै अघि बढ्छौँ । आगामी दिनमा विपद्बाट हुनसक्ने जोखिमका लागि सबै खालका जोखिमका लागि तयार रहने र त्यो किसिमको तयारीका साथ अघि बढ्ने कुराकानी भएको छ ।’

गृहमन्त्री लेखकले आगामी दिनमा विपद्बाट हुनसक्ने सबै खालका जोखिमका लागि तयार रहने गरी सरकार अघि बढिरहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार