दलित समुदायमाथि भइरहेका विभेदका घटना तत्काल बन्द गरियोस् : सांसद सिंह

काठमाडौं : स्वतन्त्र सांसद अमरेशकुमार सिंहले महिला र दलित समुदायमाथि भइरहेका हत्या, हिसां र विभेदका घटना तत्काल बन्द गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद सिंहले देशभर हत्या र हिंसाका घटनाहरु बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

khadya

उनले महिला र दलितमाथि श्रृंखलावद्ध रुपमा अत्याचार भइरहेको भन्दै यही सरकारको पालामा किन यस्तो भइरहेको छ ? भन्दै प्रश्न समेत गरे ।

उनले मधेश प्रदेशमा दलितमाथि भइरहेको दमनका विरुद्ध प्रदेश सरकार नबोल्नु सत्ता बाँडफाँड त होइन ? भन्दै आशंका व्यक्त गरे ।

उनले भने ‘यो देशमा के भइरहेको छ ? महिला र दलितमाथि श्रृंखलावद्ध रुपमा अत्याचार भइरहेको छ । यही सरकारको पाला किन त्यस्तो भइरहेको छ ? मधेस सरकार पनि किन त्यसविरुद्ध बोलिरहेको छैन ? सत्ताको बाँडफाँड हो कि ?’

उनले वर्तमान सरकार महिला र मधेसविरोधी रहेको समेत आरोप लगाए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार