लालझाडीमा हात्ती मृत्यु घटना : एकजना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको लालझाडी गाउँपालिका-४ पर्सियामा जंगली हात्ती मृत्यु भएको घटनामा एक जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले पर्सियाका ओमप्रकाश रानालाई पक्राउ गरेको हो । रानाकै खेतमा हात्ती मृत अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्तीको मृत्यु भएको रिपोर्ट आएपछि रानालाई पक्राउ गरिएको लालझाडी सब-डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले बताए ।

फागुन ७ गते पर्सियामा खेतबारीमा वयस्क भाले हात्ती मृत अवस्थामा भेटिएको हो । हात्ती मृत भेटिएको स्थानमा विद्युतीय धरापका लागि राखिएको ग्याबिन तारसमेत भेटिएको थियो । हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मृत्यु भएको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ गरिएको जोशीले बताए । रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ ।

Seti Hospital

पक्राउ परेका रानाले प्रारम्भिक बयानमा गहुँबाली जोगाउने उद्देश्यले विद्युतिय तार राखिएको बताएको जोशीले बताए । घटनाबारे थप अनुसन्धानको काम भइरहेको जोशीले बताए । हात्ती मृत भेटिएको गहुँबारी लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचमा पर्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार