बैतडीको पुर्चौंडी क्याम्पसमा नेविसंघकी उत्तरा विजयी

दार्चुला : बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघकी उत्तरा महरा विजयी भएकी छन् । नेविसंघकी महराले अनेरास्ववियुका विष्णुदत्त अवस्थीलाई १६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् । निर्वाचन अधिकृत नवराज जोशीका अनुसार उत्तराका निकतम प्रतिद्वन्द्वी अवस्थीले १०३ मत पाएका थिए ।

सचिवमा पनि नेविसंघकै सन्दीप भण्डारी ११७ मत ल्याउँदै विजयी भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुकी बबिता साउद १०५ मत प्राप्त गर्दै निर्वाचित भइन् । सदस्यहरुमा नेविसंघका अस्मिता बिष्ट, अस्मिता धनुषे, डम्मरबहादुर ऐर, केशव साउद, र अनेरास्ववियुकी सरीता बोहरा निर्वाचित भएको निर्वाचन अधिकृत जोशीले जानकारी दिए । यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले एक सय १७, नेविसंघले एक सय १४ र अखिल क्रान्तिकारीले ९१ मत प्राप्त गरे । पाँच सय ५७ जना विद्यार्थी मतदाता रहेको क्याम्पसमा तीन सय ३० जनाले मतदान गरेका थिए ।

प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार