बैतडीमा कार्यालय प्रमुखलाई जिल्ला नछोड्न निर्देशन

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले कार्यालय प्रमुखहरूलाई विशेष काम वा तालिम बाहेक जिल्ला नछोड्न निर्देशन दिएको छ। चैत्र ५ गते बसेको कार्यालय प्रमुखहरूको बैठकमा प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सेवा प्रवाहमा अवरोध नहोस् भनेर यस्तो निर्देशन दिएका हुन् । 

दुई(तीन महिना कार्यसम्पादनका लागि महत्त्वपूर्ण समय भएकाले तालुक निकायका कार्यक्रममा सहभागी हुनुपरेमा पूर्वजानकारी गराएर वा काममा बाधा नपुग्ने व्यवस्था मिलाएर मात्र जान आग्रह गरिएको छ ।

त्यस्तै, सरकारी साधनको दुरुपयोग रोक्न कार्यालयले कडाई गर्ने निर्णय गरेको छ। सरकारी कार्यबाहेक सवारी साधन प्रयोग गर्नुपरेमा शनिबार वा विदाको दिन कारण खुलाएर सवारी पास लिन अनिवार्य गरिएको छ ।

साथै, आगलागीका घटनाहरू बढ्ने समय भएकाले आवश्यक जनशक्ति तथा स्रोत(साधन तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार