काठमाडौं : सरकारले सात जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १३ जना उच्च अधिकृतको सरुवा गरेको छ । गृह मन्त्रालयले १२ जना सहसचिव र एक जना उपसचिवको सरुवा गरेको हो ।
गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णयबाट कपिलवस्तुका सीडीओ शिवप्रसाद अधिकारी, सुर्खेतका शंकरहरि आचार्य, नवलपरासी पूर्वका अरुण पोखरेल, बागलुङका नेत्रप्रसाद सुवेदी, अछामका शिवप्रसाद लम्साल र पर्वतका केदारनाथ शर्मालाई मन्त्रालय तानेका छन् ।
गृहमन्त्रीले मन्त्रालयमा रहेका सहसचिव दिलकुमार तामाङलाई कपिलवस्तु, जगदिश्वर उपाध्यायलाई सुर्खेत, भविश्वर पाण्डेलाई नवलपरासी पूर्व, कुमानसिंह गुरुङलाई बागलुङ, प्रेमप्रसाद लुइँटेललाइृ उदयपुर र आनन्द सारुलाई अछामको सीडीओको बनाएका छन् ।

प्रतिक्रिया दनुहोस्