गाईले पायो न्याय

बाजुरा : बाजुराको जगनाथ गाउँपालिका–६, काप्रेगोत्रीका स्थानीयले कर्णाली नदीमा बगाएको गाईले न्याय पाएको छ । गत चैत २ गते साउने सार्कीको मृत्यु भएपछि उनको मृत आत्माले शान्ति पाउँछ भनेर यहाँका स्थानीयले एउटा जिउँदो गाई कर्णाली नदीमा बगाएका थिए । यसरी कर्णाली नदीमा बग्दै गरेको गार्ईको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भएपछि प्रहरीले त्यो गाईलाई ३ गते उद्धार गरेको थियो ।

अहिले कर्णाली नदीमा फालिएको गाई खोजेर यहाँकै स्थानीय प्रजन सार्कीलाई पाल्ने जिम्मा दिइएको प्रहरीले जनाएको छ । एक अबोध पशुलाई निर्मम कुटपिट गरेर कर्णाली नदीमा बगाउने कार्य गर्नेलाई प्रहरीले कारबाहीसमेत गर्ने भनिएको छ । कर्णाली नदीमा गाई बगाउने सबैको अहिले पहिचान भएको छ । अहिले उनीहरू मृतक साउने सार्कीको किरियामा रहेकाले केही दिनपछि तिनलाई समातेर जिल्लामा ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

khadya

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार