काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्मै माफी मागेका छन् । आज बसेको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद घिमिरेले आफूले बोलेको विषयमा क्षमायाचना गरेका हुन् ।
यसअघि गत चैत ३ गते घिमिरेले मनोरञ्जनका लागि पर्यटकहरु भित्राउनका लागि यौन व्यवसाय खुला गर्नुपर्ने धारणा राखेका थिए । उनको चौतर्फी रुपमा सडकदेखि सदनसम्म विरोध भएपछि उनले माफी मागेका हुन् ।
आज बसेको बैठकको आकस्मिक समयमा बोल्दै उनले आफ्नो व्यक्तिगत धारणा रहेको र त्यसलाई पार्टीको धारणाका रुपमा नबुझ्न समेत आग्रह गरेका छन् ।
‘यही चैत ३ गते विशेष समयमा अभिव्यक्त गरेको धारणा एउटा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारले सम्मानित संसद्का सदस्यहरु एवं अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्न चाहान्छु,’ उनले भने ।
उनले सो अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भएको थियो ।
प्रतिक्रिया दनुहोस्