बाजुरामा मोटरसाइकल दुर्घटनामा एक युवक घाइते

बाजुरा : बाजुरामा मोटरसाइकल दुर्घटनामा परेर एक युवक घाइते भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका–९ जुवापानी स्थायी घर भएका २२ वर्षीय मोटरसाइकल चालक राजेन्द्र सिंह घाइते भएका हुन।

जिल्ला सदरमुकाम मार्तडीबाट बुढीगंगा नगरपालिकातर्फ जादैं गरेका उनी सवार सुदूरपश्चिम प्रदेश ०१–०११ प ६९४० नम्बरको मोटरसाइकल वीरेखोला नजिक अनियन्त्रित भएर भित्तामा ठोकिएर दुर्घटनामा परेको छ।

khadya

चालकको कानबाट रगत बगेको, दाँत तीनवटा भाँच्चिएको र दुईवटा खुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ।

सिंहको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार