इजरायली सेनाबाट गाजा पट्टीमा आक्रमणः दुई सय जनाभन्दा धेरैको ज्यान गयो

एजेन्सी : इजरायलको सेनाले गाजा पट्टीमा ठूलो हवाई आक्रमण गरेको छ।

पछिल्लो आक्रमणबाट दुई सय जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ज्यान गुमाउनेमा हमास लडाकू समूहका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बीबीसीले उल्लेख गरेको छ। कतिपय घाइते भएका छन्। उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि आक्रमणको क्रममा निसाना बनाइएको थियो।

Seti Hospital

गएको जनवरी १९ तारिखमा युद्धविराम शुरू भएदेखि गाजामा हवाई आक्रमणको यो सबैभन्दा ठूलो लहर हो। गाजा युद्धविरामको थप विस्तार गर्ने वार्ता सम्झौतामा पुग्न असफल भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री काट्जले पछिल्लो पटक आक्रमणको आदेश दिएको प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले आक्रमण गरिरहेको बताएको छ। हमासलाई दबाब दिन गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिएको छ हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ।

इजरायल र हमासबीच सन् २०२३ अक्टोबर ७ तारिखमा लडाइँ शुरू भएको थियो। हमासले त्यस बेला दक्षिण इजरायलमा एक हजार दुई सय जना भन्दा धेरैको हत्या गरेको थियो। हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो। आक्रमणपछि इजरायलले सैन्य कारबाही थालेको थियो। त्यस क्रममा अहिलेसम्म झण्डै ५० हजारको ज्यान गएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मार्च १ तारिखमा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएपछि वार्ताकारहरूले अगाडि बढ्ने बाटो खोज्ने प्रयास गरिरहेका छन्।

अमेरिकाले पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो, जसमा हमासले बन्धक र इजरायलले प्यालेस्टिनी कैदीको थप आदानप्रदान गर्ने विषयलाई समावेश गरिएको छ। तर वार्ताको प्रकृया अघि बढ्न सकिरहेको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार