अछाममा बहु–विवाह मुद्दाकी फरार महिला पक्राउ

धनगढी : अछाममा बहु–बिवाह मुद्दाकी फरार महिला पक्राउ परेकी छन्।

जिल्लाको तुर्माखाँद गाउँपालिका–४ चिसि बस्ने २४ वर्षीया तुलसी बुढालाई सोमवार प्रहरीले पक्राउ गरेको हो। बहु–विवाह मुद्दामा जिल्ला अदालत अछामको फैसलाले १ वर्ष ४ महिना कैद सजाय र १३ हजार ३३३ जरिबाना तोकिएकी तर फरार रहेकी बुढालाई प्रहरी चौकी तुर्माखाँदबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। पक्राउ परेकी बुढालाइ जिल्ला अदालत अछाममा बुझाइ कारागार चलान गरिने प्रहरीले जनाएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार