काठमाडौंबाट एक ट्रक रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं : २० करोड बढी रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान एउटा ट्रकबाट उक्त रकमसहित चालक र अर्का एक जनालाई पक्राउ गरेको हो।

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार बरामद रुपैयाँ गन्ने काम भइरहेको छ। प्रहरीले अपरान्ह दुई बजे पत्रकार सम्मेलनगरी बरामद रकम र पक्राउ परेका व्यक्ति सार्वजनिक गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए।

बरामद रकम नेपालीसँगै विदेशी मुद्रासमेत रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार