आज वर्षा, हिमपात र हावाहुरीको सम्भावना

काठमाडौं : देशका केही भूभागका आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

बिहान कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा छ ।

khadya

गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अन्य प्रदेशमा भने आज मौसम आंशिक बदली रहे पनि मुख्यतया सफा रहने मौसमविद् विनु महर्जनले जानकारी दिइन् ।

कोसी र मधेस प्रदेशका केही स्थानमा आज हावाहुरीको सम्भावना रहेको छ । अपराह्नपछि यी दुई प्रदेशमा हावाहुरीको सम्भावना रहेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार