बाटोमै लुटिएर रित्तो हात गड्डाचौकी पुगे घोप्लु लुहार

कञ्चनपुर : भारतको उत्तराखण्डको हल्द्वानीमा मिस्त्री काम गर्ने ६० वर्षीय घोप्लु लुहार बाटोमै लुटिएर कञ्चनपुरको सीमानाका गड्डाचौकी पुगेका छन ।  जाजरकोटको जुनिचाँदे गाउँपालिका–९ पञ्चालाका लुहार हल्द्वानी बसपार्कमै लुटिएर रित्तो हात फर्किएका हुन ।

दुई महिनाअघि कामको खोजीमा हल्द्वानी पुगेका लुहार नयाँ वर्षका लागि घर फर्किंदै थिए । उनले हल्द्वानी बसपार्कमै भेटिएका ४ जना नेपालीले नै लुटेको बताए । ‘हामी पनि उतैका हौं, बसमा सँगै जाउँला भने,’ लुहारले भने, ‘बसपार्कमा चारै जनाले हातपात गर्दै सबै लुटेर लगे ।’

khadya

लुहारले ७० हजार भारु, कपडा र मोबाइल लुटिएको बताए । उनीहरू नाम र ठेगाना भने केही पनि नबताएको उनले बताए । लुहार हल्द्वानीमा मिस्त्रीको काम गर्थे । उनकी छोरी नैनीतालमा छिन् । एक छोरा गढवालमा छन् । उनीहरूले दिएको केही पैसा लिएर आएका थिए उनी । घर परिवारका लागि नयाँ लुगा पनि किनेका थिए ।

‘शरीरमा भएको लुगा मात्रै बाँकी रह्यो, जुत्ता खुट्टाको जुत्ता समेत निकालेर लगे,’ उनले भने, ‘त्यसपछि बसभाडा नभएपछि हिँडेर घर आउँदै थिए, लाला (साहु) हरूले देखेर अलिअलि सहयोग गरेपछि यहाँसम्म पुगे ।’

केही स्थानीयले १०/२० गरेर डेढ/दुई सय रुपैयाँ दिएपछि सीमावर्ती बजार बनबासासम्म आइपुगेका हुन् उनी । आइतबार मध्यरातमा गड्डाचौकी पुगेका उनलाई सुदूरपश्चिम प्रदेश सरकारले सीमामा स्थापना गरेको नागरिक सहायता कक्षले घरसम्म पुग्ने खर्च दिएर पठाएको छ ।

चाडपर्वका बेला घर फर्किने नेपाली भारतीय क्षेत्रमा नेपालीबाटै लुटिने गरेका घटना निरन्तर भइरहेका छन् । हरिद्वार, हल्द्वानीलगायतका क्षेत्रमा निरन्तर रूपमा नेपाली श्रमिक लुटिने गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार