बैतडी : बैतडीको पुर्चाैडी बहुमुखी क्याम्पसमा ६ गते स्ववियु निर्वाचन हुने भएको छ । त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा ५ गते मंगलबार निर्वाचन हुने भएपनि पुर्चाैडीमा भने ६ गते निर्वाचन हुने भएको हो ।
विद्यार्थी संगठनहरुबीच सहमतिका लागि ढिलो निर्वाचन प्रक्रिया शुरु भएकाले क्याम्पस सञ्चालक समितिको बैठकले चैत ६ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको निर्वाचन अधिकृत नवराज जोशीले बताए ।
पुर्चौंडी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि चैत १ गते मनोनयन दर्ता भएको थियो । स्ववियु नेतृत्वका लागि तीनओटा विद्यार्थी संगठनहरु चुनावी मैदानमा रहेका छन् ।
जसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट उत्तरा महरा, अनेरास्ववियुका तर्फबाट विष्णुदत्त अवस्थी र अनेरास्ववियु क्रान्तिकारीका तर्फबाट गीता भण्डारी टिम सहित चुनावी मैदानमा उत्रिएका छन । पुर्चौंडी बहुमुखी क्याम्पसमा ५ सय ५७ जना विद्यार्थी मतदाता रहेका छन् ।
प्रतिक्रिया दनुहोस्