प्रचण्डले भने– सरकारको विषयमा मिलनविन्दु देखेका छैनौं

 काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउनेबारे कांग्रेस–एमालेसँग छलफल नै नभएको बताएका छन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘सरकारको विषयमा मिलनविन्दु हामीले देखेका छैनौं ।’

khadya

कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको भनेर चर्चा भइरहेको भन्दै प्रचण्डले त्यसमा सत्यता नभएको बताए । ‘देशमा संकट आयो भने संकट कसरी समाधान भन्ने हाम्रो विचार त हामी दिन्छौं । तर यही सरकारमा गएर हामी पनि कोट हुने, त्यसैमा सामेल हुने कुनै नीति हाम्रो छैन । बाँकी प्रचार सबै भ्रम हो,’ उनले भने ।

सरकारमा रहेका दलका नेताहरुसँग सत्यनिरुपण र मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको तर माओवादी सरकारमा जानेबारे कसैसँग छलफल नभएको प्रचण्डले जिकिर गरे ।

‘कसैसँग औपचारिक कुरा भएको हो कि भन्ने आएको छ, कुरा पनि कसैसँग भएको छैन,’ उनले भने, ‘अन्य अन्य विषयमा त कुरा हुन्छ, जस्तो टीआरसी, सत्य निरुपणसँग सम्बन्धित, बेपत्तासँग सम्बन्धित कुरा त गर्नु नै पर्छ । मैले गरी पनि राख्या छु । तर सरकार बनाउने बारेमा यो पटक हामी बिल्कुल छैनौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार