काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले नै जनता भड्काउने काम गरेको बताएका छन्।
सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सिटौलाले सरकारले स–सम्मान विदाई गरेको पूर्वराजा ज्ञानेन्द्रले केहि गर्छु भनेर गाडीमा उभिएर हिँड्न खोज्नु शोभनीय विषय नभएको बताए।
उनले पूर्वराजाले राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नुनै उचित हुने जिकिर गरे । तत्कालिन अवस्थामा आफू गृहमन्त्री हुँदा प्रधानमन्त्रीको प्रतिनिधिको रुपमा ज्ञानेन्द्र शाहसँग वार्ता गरेर निवास र सुरक्षा प्रबन्धको ज्ञारेन्टी गरेको उनले स्मरण गरे।
उनले जनतासामू राजनीतिक खेलाडीको रुपमा मैदानमा आए भन्न सक्नुपर्ने तर राजा आउछ भनेर जनतालाई भड्काउने काम गर्न नहुने बताए । उनले यस विषयमा राजनीतिक दृढता नआएकाले सबै राजनीतिक दल एकताबद्ध भएर उभिने बेला आएको धारणा राखे। सिटौलाले संविधान जारी भइसकेपछि अहिलेसम्मको अवस्थाम आइपुग्दा सबै दलले आलोपालो सरकारको नेतृत्व गरेकाले अब संविधानको कार्यान्वयनको समिक्षा गर्ने बेला भएको जिकिर गरे।
प्रतिक्रिया दनुहोस्