धनगढी : सुदूरपश्चिममा मुख्यमन्त्री कार्यालय अगाडि स्थानिय तहका कर्मचारिहरुले धर्ना गरेका छन । सरकारले ल्याउन लागेकाे प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमबार मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारिहरुले धर्ना दिएका हुन । उनीहरूले साेमबारदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे मूल गेटमा धर्ना सुरू गरेका छन् ।
कर्मचारीहरूले स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलन गरिरहेका छन् । फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला आन्दोलन रोकेका उनीहरूले सोमबारदेखि फेरि आन्दोलन थालेका हुन् ।
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुपर्ने उनीहरूकाे प्रमुख माग रहेकाे छ ।
प्रदेशसभाकाे विधायन तथा प्रदेश मामिला समितिमा विचाराधीन रहेकाे विद्येयकमा रहेकाे व्यवस्था हेरफेर हुनुपर्ने माग गर्दै माओवादी र रास्वपा निकट विद्यार्थीहरू आन्दोलित भएका बेला कर्मचारीहरू समेत आन्दोलनमा उत्रिका हुन् ।
प्रतिक्रिया दनुहोस्