कञ्चनपुर : भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो घरमै बेहोस अवस्थामा फेला परेकी उनलाई महाकाली प्रादेशिक अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।
सो घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान् गोपाल सुनार, कान्छी श्रीमती मिरादेवी सुनार, छोरा अर्जुन सुनार र करन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दनुहोस्