बाजुरामा गाईलाई ढुंगाले हानेको घटना संसदमा उठ्यो , छानबिनको माग

धनगढी । बाजुरामा गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् ।

‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् । गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन रुन्छ’, रानाले भनिन्, ‘गाई नदिमा जान डराउँछ तर ढुंगाहरू प्रहार गरी निरीह प्राणीको बाँच्च पाउने अधिकारको हनन् गरेका व्यक्तिहरूमाथि कडा छानबिन होस सरकार ।

Seti Hospital

स्थानीय एक व्यक्ति मृत्युपछि दाहसंस्कार लागि मलामी गएका व्यक्तिले गाईलाई ढुंगाले हानेका हुन् । कसैको मृत्यु भएपछि नदी कटाएर गौदान दिने परम्परा अनुसार ढुंगा हानेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार