काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ६ अर्ब रुपैयाँ निक्षेप बढेको छ ।
केन्द्रीय बैंकको फागुन २८ र २९ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा एकैदिन ६ अर्बले बढेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार फागुन २८ गते ६७ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट ६७ खर्ब ६४ अर्ब रुपैयाँ संकलन भएको छ ।
यस्तै सो समयमा वाणिज्य बैंकहरुको निक्षेपमा पनि ५ अर्बको वृद्धि देखिएको छ । २८ गते ६० खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले भोलिपल्ट ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप सकंलन गरेका छन् ।
सो समयमा कर्जा प्रवाहमा भने १ अर्बको गिरावट देखिएको छ । २८ गते ५४ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट घटेर ५४ खर्ब ६२ अर्ब रुपैयाँ प्रवाह भएको छ ।
प्रतिक्रिया दनुहोस्