धनगढी: कैलालीको मोतपुरमा एक युवकमाथि कुटपिट गरिएको छ।
जिल्लाको लम्की चुहा नगरपालिका–२ मोतीपुर चोकमा शनिवार साँझ २८ वर्षीय कमल रावलमाथि कुटपिट भएको हो। उनको घर पछाडि ८/९ जना युवाहरूको समूहले रावलमाथि कुटपिट गरेका कैलाली प्रहरीले बताएको छ।
रावलको दुबै खुट्टा र शरिरको भित्री भागमा चोट देखिएको छ। उनको उपचार जारी रहेको कैलाली प्रहरीले बताएको छ। शनिवार राति ८ बजेटको समयमा रावलमाथि युवाहरूको समूहले कुटपिट गरेको हो। युवाहरूको समूहले हतियार प्रयोग गरे–नगरेको विषयमा नखुलेको कैलाली प्रहरीले बताएको छ।
रावलका आफन्त तथा स्थानीयहरूले आइतवार महेन्द्र राजमार्गमा प्रदर्शन गरेका छन्। उनीहरूले प्रहरी मूकदर्शक भएको आरोप लगाएका हुन।
प्रतिक्रिया दनुहोस्