काठमाडौँ । एसडिजिआई ग्लोबल युनिभर्सिटीले हिमालयन एजुकेशन फेयर २०२५ मा उत्साहपूर्वक सहभागिता जनाएको छ । धनगढीमा मार्च ९ देखि १० सम्म आयोजना भएको उक्त शिक्षा मेलामा स्कूल अफ होटल म्यानेजमेन्ट एण्ड टुरिज्मका निर्देशक डा. हरवीर र आउटरीच एडमिशनका निर्देशक देवेश भटनागरको उपस्थिति रहेको थियो ।
उनीहरुले आगामी बैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी गरिरहेका करिब १५ सय विद्यार्थीहरुलाई मार्गदर्शन प्रदान गरेका थिए ।
एसडिजिआई ग्लोबल युनिभर्सिटी धनगढीबाट ३ सय ५९ किलोमिटर टाढा छ । पछिल्लो समय विद्यार्थीका लागि आकर्षक शैक्षिक विकल्पका रुपमा स्थापित उक्त विश्वविद्यालयका अधिकारीहरुद्वारा सञ्चालित परामर्श सत्रहरुबाट सयौँ विद्यार्थीहरु लाभांवित बनेका छन् ।

यस्तै पाठ्यक्रम, चार वर्षीय अध्ययन कार्यक्रम, किफायती शुल्क संरचना, र छात्रावास सुविधाहरूप्रति विद्यार्थीहरूले चासो देखाएका थिए । खासगरी छात्राहरूले होटल म्यानेजमेन्ट र टुरिज्ममा आफ्नो करियर अघि बढाउनेप्रति बढी रुचि देखाएका थिए भने छात्रहरू पनि यस क्षेत्रमा रहेका सुनौला अवसरहरूप्रति विद्यार्थीहरु उत्साहित देखिएका थिए ।

प्रतिक्रिया दनुहोस्